• Sunday 2nd of August 2026

बेबारिसे बालकको उद्धारः आफन्तको खोजी जारी


  • गोकर्णेश्वर अनलाइन

सप्तरीको खडक नगरपालिका—८ कल्याणपुरस्थित हटिया बजारबाट आज एक बालकको उद्धार गरिएको छ । उद्धार गरिएका बालकलाई संरक्षणका लागि कञ्चनरुप नगरपालिकास्थित बालगृह आश्रममा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

बोल्न नसक्ने, मानसिक सन्तुलन ठीक नभएको, चार फिट उचाइ भएको, चिउडोमा खत भएको र हेर्दा तराईमूलको जस्तो देखिने करीब १२ वर्षीय ती बालकलाई स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरेपनि परिचय भने खुल्न सकेको छैन । बालकका आफन्तको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology