• Sunday 2nd of August 2026

बलान खोलामा बाँध बनेपछि बस्ती सुरक्षित


  • गोकर्णेश्वर अनलाइन

बलान नदी नियन्त्रणका लागि बाँध निर्माण भएपछि सिरहाको लहान नगरपालिका—१७ तरेगना गोविन्दपुरस्थित करीब एक हजारभन्दा बढी घरपरिवारको वसोवास रहेको बस्ती डुबान र कटानको चपेटाबाट सुरक्षित भएका छन् । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान नदीमा आउने बाढीका कारण वर्षेनी डुबान र कटानको समस्या खेप्दै आएका तरेगना गोविन्दपुरका स्थानीयवासी नदीमा बाँध निर्माणसँगै सुरक्षित भएका हुन् । बस्ती संरक्षण तथा कटानमा परेका जग्गा उकासका लागि जिल्ला भूसंरक्षण कार्यालय लहान सिरहाले बलान नदीमा बाँध निर्माण गरेपछि बस्ती संरक्षण मात्र होइन्, करीब १० हजार बिघाभन्दा बढी जग्गा सुरक्षित भएको छ भन्ने नदी छेउछाउका जग्गाहरुको मूल्य समेत ह्वातै बढेको छ ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको नदी खोला नियन्त्रण व्यवस्थापन कार्यक्रमअन्तर्गत जिल्ला भूसंरक्षण कार्यालयको सहयोगमा नदी उकास जग्गा संरक्षण एवं सदुपयोग उपभोक्ता समितिले बलान खोलामा माटो, चपरी तथा ढुङ्गा हालेर बाँध निर्माण निर्माण गरेका हुन् । नदीको बाढीले खेतीयोग्य जग्गा कटान गर्ने त्रासका कारण सस्तो मूल्यमा समेत नबिक्ने नदी छेउछाउको जग्गा बाँध निर्माण भएपछि भन्ने अहिले महँगो मूल्यमा बिक्री हुन थालेको छ । पहिला पहिला रु १० हजारको कठ्ठा पनि बिक्न मुस्किल थियो, स्थानीय शिवनारायण चौधरी भन्नुहुन्छ–“बाँध बनेपछि अहिले त्यही जग्गा रु एक लाखदेखि डेढ लाखसम्ममा धमाधम बिक्री हुन थालेको छ ।”

नदीमा बाँध नहुँदा बर्षेनी बाढीले खेतीयोग्य जग्गा कटान गर्नुको साथै बाढी गाउँमै पस्ने जोखिम थियो, तरेगाना गोबिन्दपुरका भोला राम भन्नुहुन्छ, “पहिला पहिला वर्षायाम लाग्ना साथ कुन बेला बलान खोलामा बाढी आउँछ र गाउँ नै डुबान गर्छ, भन्ने गाउँलेहरुमा चिन्ता हुन्थ्यो, तर बाँध बनेसँगै यो चिन्ता हटेको अनुभूति हुन थालेको छ ।” बाँध बनाइएका कारण लहान नगरपालिकाको वडा नं १७ र १८ तरेगना गोविन्दपुरस्थित एक हजार बिघाभन्दा बढी जग्गा उकास भएको नदी उकास जग्गा संरक्षण एंव सदुपयोग उपभोक्ता समितिको दाबी छ । समितिका अध्यक्ष मो सरिफ भन्नुहुन्छ, “बाँध नबनुञ्जेल कटान भएको जग्गाप्रति कसैको चासो थिएन, अहिले जग्गा उकास भएपछि कतिपय जग्गा धनीहरु आफ्नो जग्गा हो भन्दै खनजोत गरेर धान रोपाइँ गर्दैछन् भन्ने कतिपयमा वृक्षरोपणको काम भइरहेको छ ।”

वर्षेनी बलान नदीको बाढीले कटान र डुबानको समस्या भोग्दै आएको गोविन्दपुरबासीको पीडा देखेरै बाँध निर्माण गरिएको जिल्ला भूसंरक्षण कार्यालय लहान सिरहाका प्रमुख प्रविणकुमार सिंह बताउनुहुन्छ । बलान खोलाको पश्चिम छेउमा करीब दुई हजार ५०० मिटर लामो बाँध बनाएको र त्यसबाट यस क्षेत्रका जनतालाई ठूलो लाभ भएको उहाँको कथन छ । अनलाइन कक्षामार्फत क्याम्पसको पठनपाठन कोरोना सङ्क्रमण फैलिन नदिन लामो समयदेखि बन्द रहेको सिरहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसले वैकल्पिक माध्यमबाट अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ । क्याम्पस प्रमुख रामहित यादवले सूचना जारी गरी अनलाइन कक्षा तयारी गर्नेबारे जानकारी दिनुभएको छ ।

अनलाइन कक्षाका लागि सम्बद्ध विभागीय प्रमुख र सहायक क्याम्पस प्रमुखसँग सम्पर्क गरी आ–आफ्नो नाम, कक्षा रोल नम्बर, मोवाइल नम्बर उपलब्ध गराउन सूचनामार्फत विद्यार्थीसँग आग्रह समेत गरिएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र डीनको कार्यालयद्वारा सञ्चालन हुने परीक्षाहरु २०७८ मङ्सिरदेखि शुरु गर्ने सोच बनाएको हुनाले हालको परिस्थितिमा अनलाइन कक्षा नै प्रमुख विकल्प देखिएको सूचनामा उल्लेख छ । कोरोना भाइरसका कारण निषेधाज्ञा जारी भएकाले बन्द भएका विद्यालय तथा क्याम्पसहरु अनलाइन कक्षा सञ्चालन गरिरहेको छ । सिरहा क्याम्पसले पनि अनलाइन कक्षा सञ्चालन गर्ने तयारी गर्न लागेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology