सुदर्शन बजगाई,आशाका किरण समाचार । नेशनल प्याब्सन काठमाडौं जिल्ला समितिले आयोजना गरेको उपत्यकाब्यापी कविता बाचन प्रतियोगिताको उपाधी ज्ञानभुमी स्कुलकी कक्षा ६ कि विद्यार्थी कृस्मदा भट्टले जितेकी छिन् । प्राध्यापक डा जीवेन्द्र देव गिरिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा द्वितीय स्थान न्यु भिजन स्कुलकी कक्षा ७ कि श्रेया दाहालले हासिल गरिन् भने तृतीय स्थान ग्रीनफिल्ड स्कुलकी कक्षा १० कि विद्यार्थी सुस्मिता सापकोटाले हासिल गरिन् । जिल्ला अध्यक्ष खडकबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेशनल प्याब्सनका अध्यक्ष रितुराज सापकोटा,पुर्व अध्यक्ष कर्णबहादुर शाही र महासचिव सुवास न्यौपाने लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
वार्षिक कार्यक्रम अन्तर्गत पर्ने भएतापनी कोभिड १९ का कारण यो वर्ष अनलाइनमार्फत प्रतियोगिता आयोजना भएको नेशनल प्याब्सन काठमाडौंका प्रवक्ता राजन श्रेष्ठले आशाका किरण मिडियालाई बताए । सचिव अमृत खड्काले संचालन गरेको कार्यक्रममा निर्णायकको भुमिका वाल्मीकि क्याम्पसका प्रमुख उप-प्राध्यापक डा गणेशप्रसाद घिमिरे र सोही क्याम्पसका उप-प्राध्यापक डा माधवप्रसाद लामिछानेले निर्वाह गरेका थिए ।
विजेताले शिल्ड मेडल र प्रमाणपत्र सहित् प्रथम हुनेले नगद रु ५ हजार, दोश्रो हुनेले ४ हजार र तेश्रो हुनेले ३ हजार नगद पुरस्कार प्राप्त गर्ने प्रवक्ता राजन श्रेष्ठले बताए ।
यो पनी हेर्नुहोस :
