• Sunday 2nd of August 2026

जागिरसँगै परोपकारी कार्यमा सक्रिय युवा


  • गोकर्णेश्वर अनलाइन

भरतपुर–९ की अञ्जना जोशी उमेरले भर्खर २१ लाग्नुभयो । उहाँ भरतपुर सामुदायिक अस्पतालको इर्मेजेन्सी वार्डमा ‘हेल्थ असिस्टेन्ट’ का रुपमा काम गर्नुहुन्छ । अस्पतालको ड्युटीसँगै सहयोगापेक्षीका सेवामा जुट्ने उहाँको दैनिकी नै बनेको छ । विसं २०७२ मा गएको भूकम्पका बेला उहाँका अङ्कलले अमेरिकाबाट पीडितलाई सहयोग पठाउनुभयो । अङ्कलको यो कर्मसँगै उहाँमा समाजसेवाको भावना विकास भयो । “बजारको सडकमा कोही पल्टिएको देख्यो भने मन अमिलो हुन्छ । सहयोग गर्न पाए हुन्थ्यो भन्ने लाग्छ”, उहाँले भन्नुभयो । सामाजिक कार्यमा लाग्न दुई वर्षअघि उहाँ लियो क्लब अफ भरतपुर युथको सदस्य हुनुभयो । अहिले उहाँ आफ्नो जागिरसँगै नारायणी नदी किनारमा दैनिक ६ घण्टा सहयोगापेक्षी मानवलाई खाना खुवाउने कार्यमा लाग्नुभएको छ ।

“जागिरेलाई त लकडाउनले खाना धौ–धौ छ”, उहाँले भन्नुभयो, “दैनिक ज्याला मजदूरी गरेर हातमुख जोड्नेको अवस्था के होला ? साथीसँग छलफल गरी निःशुल्क खाना दिने निर्णयमा पुग्यौँ ।” पहिलो चरणमा साथीहरुले रु तीन हजारदेखि पाँच हजार सङ्कलन गरेर अभियानमा लागेको उहाँको भनाइ छ । नारायणी किनारमा बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रको सहकार्यमा दैनिक २०० भन्दा बढी बेसहारा तथा सहयोगापेक्षी मानवलाई दुई छाक खानाको व्यवस्था मिलाइएको छ । जोशी खाना बनाउन बिहानदेखि यसको तयारीमा जुट्नु हुन्छ । स्वास्थ्यकर्मी भएकाले सहयोगापेक्षीलाई सामाजिक दूरीमा राख्नेदेखि मास्क वितरणमा खटिने गर्नुहुन्छ । कोरोनाको जोखिम भएकाले सबैलाई एकै ठाउँमा खाना खुवाउने काम त्यतिकै जटिल पाटो रहेको उहाँ बताउनुहुन्छ ।

दैनिक रु २० हजारले २०० जनालाई खाना खुवाउँदै आएको छ । अहिले सोह्रश्राद्ध भएकाले पितृहरुको नाममा खाना खुवाउन आउनेको सङ्ख्यामा उल्लेख्य छ । देश विदेशबाट सहयोग आउने क्रम पनि छ । कोरोनाले सृजना गरेको सङ्कटमा सहयोगी मनहरुको सहभागिताले अभियन्तालाई हौसला मिलेको जोशी बताउनुहुन्छ । पत्रकार हीरालाल आचार्य उमेरले २० पुग्नुभयो । उहाँ अहिले अध्ययनसँगै यहाँको एक अनलाइनमा काम गर्नुहुन्छ । भरतपुर–२ क्षेत्रपुरमा बस्ने उहाँलाई परोपकारी समाचारहरु लेख्न खुबै मन पर्छ । “एक साथीले स्वास्थ्य शिविरको समाचार प्रकाशनका लागि पठाउनुभयो, यसले मलाई समाजसेवामा अभिप्रेरित ग¥यो”, उहाँले भन्नुभयो ।

परोपकारी समाचार लेख्न अलि बढी रुचि लाग्ने उहाँ बताउनुहुन्छ । हुँदाखानेलाई जीवनयापनमा निकै कष्टकर हुने भएकाले सानो सहयोगले उनीहरुलाई ठूलो राहत मिल्ने उहाँको भनाइ छ । “परोपकारी कामका लागि सधैँ तयार छुँ”, उहाँले भन्नुभयो, “यसले छुट्टै आन्नद प्रदान गर्दो रहेछ । यो कामलाई कहिले पनि छाड्दिनँ ।” हप्ताको चार दिन नारायणी नदी किनारको निःशुल्क खाना खुवाउने कार्यक्रममा पुग्नु हुन्छ । खानालाई चलाउनेदेखि खाना वितरणमा खटिने उहाँको काम हो । लियो क्लब अफ भरतपुर युथमा उहाँलाई साथीले सदस्य हुन सुझाएपछि १ वर्षदेखि यसमा आबद्ध हुनुहुन्छ । लियो क्लब अफ भरतपुर युथका अध्यक्ष दीपेश ज्ञवाली यहाँको बाबा फर्मेसीमा काम गर्नुहुन्छ । उमेरले २५ पुग्नुभएका उहाँले संस्थाको नेतृत्वसँगै कामलाई पनि निरन्तरता दिइरहनुभएको छ ।

ज्ञवाली दिनमा फार्मेसीमा काम गरेर पनि नारायणी नदीमा रहेको निःशुल्क खाना खुवाउने कार्यक्रममा सक्रिय हुनुहुन्छ । दैनिक १ घण्टा भए पनि उहाँ नारायणी नदी किनारमा पुगेर सहयोगमा जुट्नुहुन्छ । “इच्छा र चाहना भयो भने सबै हुन्छ”, उहाँले भन्नुभयो, “शुरुमा एक छाक खाना खुवाउन सकेका थियौँ । अहिले दुई छाक नै खुवाउन सफल भएका छौँ ।” सहयोगापेक्षीलाई सेवा गर्न अहिलेका युवा अग्रसर हुनुपर्ने उहाँको भनाइ छ । कुन संस्थामा छौँ भन्ने कुराले फरक पर्दैन, दुःखीको सेवामा युवा जुटे समाजसँगै राष्ट्रलाई परिवर्तन गर्न सकिने ज्ञवाली बताउनुहुन्छ । जिल्लामा पछिल्लो समय समाजसेवामा इच्छा देखाउने युवाको सङ्ख्या उल्लेख्य छ । विभिन्न संस्थाको स्थापना गरी समाजसेवाको काममा लाग्नाले सकारात्मक सन्देश प्रवाह गरेको छ ।

रगतको माग आपूर्ति गर्न रक्तदान कोभिड–१९ को सङ्कटका कारण दमौली अस्पतालमा रगतको अभाव भएपछि रगतको माग आपूर्ति गर्नका लागि रक्तदान गरिएको छ । कोभिड–१९ को सङ्कटका कारण रक्तदान कार्यक्रम निकै कम मात्रामा सञ्चालन गरिँदा अस्पतालमा रगतको अभाव हुन थालेको छ । रगतको मागलाई आपूर्तिका लागि रोट¥याक्ट क्लब अफ दमौलीले आज रक्तदान कार्यक्रम गरेको हो । क्लबका पूर्वसहसचिव स्व सचीन श्रेष्ठको स्मृतिमा १८आँै जिल्ला तथा सातौँ राष्ट्रव्यापी रक्तदान कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार रक्तदानबाट १५ पिन्ट रगत सङ्कलन भएको छ ।

“क्लबले प्रत्येक वर्ष सचीनको स्मृतिमा रक्तदान कार्यक्रम गर्दै आएको छ, अहिलेको कार्यक्रम विगतको भन्दा जटिल परिस्थितिमा आयोजना ग¥याँै”, श्रेष्ठले भन्नुभयो, “सङ्कटको अवस्थामा पनि सर्वसाधारणले रक्तदान गरेर सहयोग गरिदिनुभयो ।” कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले रक्तदानजस्तो मानवीय कार्य अरू नभएकाले जटिल परिस्थितिका बाबजुद पनि कार्यक्रम गरेर क्लबले उदाहरण प्रस्तुत गरेको बताउनुभयो ।

“डायलासिस गराउने बिरामीलाई रगतको अत्यन्तै खाँचो रहेको अवस्थामा क्लबले मानवीय कार्य गरेको छ”, न्यौपानेले भन्नुभयो, “कोही पनि व्यक्तिले रगतको अभावमा ज्यान गुमाउने अवस्था आउन नदिन सबै सचेत हुनुपर्छ ।” नगरप्रमुख न्यौपानेले सचीनको स्मृतिमा रक्तदान गर्ने क्लबको कार्यले उच्च श्रद्धा सम्मान व्यक्त गरेको बताउँदै मानवीय सेवा र सहयोगका कामलाई सञ्चारमाध्यमले पनि प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल रेडक्रस सोसाइटी तनहुँका प्रतिनिधि सूर्यचन्द्र हड्खले, रोटरी क्लब अफ दमौलीका अध्यक्ष दामोदर भण्डारी, इनरह्विल क्लब अफ दमौलीका अध्यक्ष आशा बानियाँ लगायतले रक्तदान जीवनदान भएको उल्लेख गर्नुभयो ।

यो पनि हेर्नुहोस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology