• Sunday 2nd of August 2026

चट्याङ लागेर एकको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

चट्याङ लागेर आज बारामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जितपुरसिमरा उपमहानगरपालिका–१४ स्थित दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेको अवस्थामा अचानक चट्याङ लाग्दा ४२ वर्षीय धर्मप्रसाद राय चौधरी घाइते भई डुमरवानास्थित स्थानीय डुमरवाना पोली क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिनुभयो ।

टायर गाडामा बालुवा लोड गरिरहेको श्रमिक सोही ठाउँ बस्ने २७ वर्षीय तेतर माझी सामान्य घाइते भएका छन् । घाइतेको डुमरवाना स्वास्थ्य संस्थामा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरी मिश्रले भन्नुभयो । त्यसैगरी शव परीक्षण गरी परिवारजनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

अफिमसहित ६० वर्षीय वृद्ध पक्राउ

बारामा दुई केजी लागुऔषध अफिमसहित सोमबार एक वृद्धलाई सशस्त्र प्रहरीले पक्राउ परेका छन् । पक्राउ पर्नेमा पचरौता नगरपालिका–६ पकडिया बस्ने ६० वर्षीय सहजमान मिया अन्सारी रहेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हेडक्वार्टर बारा उत्तरझिट्कैयाले गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक रोविनराज कर्णजितले जानकारी दिनुभयो । विशेष सुराकीका अधारमा अन्सारी भारतीय सिमानासँग टाँसिएको वडा नम्बर ४ इनर्वास्थित पिलर नम्बर ३६६/६ स्थित दशगाजा क्षेत्रबाट पक्राउ गरिएको उपरीक्षक कर्णजितले बताउनुभयो ।

अन्सारीमाथि शङ्का लागेपछि चेकजाँच गर्ने क्रममा खानतलासी गर्दा निजसँग रहेको लागुऔषध अफिमको एक–एक केजीको दुईवटा पोका बरामद गरिएको उपरीक्षक कर्णजितको भनाइ छ । पक्राउ परेका अन्सारीलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको गणपति कर्णजितले जानकारी दिनुभयो । अफिमसहित पक्राउ परेका अन्सारीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

यो पनि हेर्नुहोस 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology