• Sunday 2nd of August 2026

तनहुँमा ‘फुड बैंक’ स्थापना


  • गोकर्णेश्वर अनलाइन

कोरोना सङ्क्रमण महामारीको मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी तनहुँको डुम्रेमा ‘फुड बैंक’ स्थापना गरिएको छ । डुम्रेस्थित युनिटी गु्रपमा आवद्ध युवाले ‘फुड बैंक’ स्थापना गरी खाद्यान्न सङ्कलन गरिरहेका छन् । ‘हुनेले दिने र नहुनेले लैजाने’ भन्ने मूल नाराका साथ युवाले स्थापना गरेको ‘फुड बैंक’ बाट एक व्यक्तिलाई एक पटकमा साढे चार किलो चामल, एक पोका नुन र एक पोका सोयाबिनलगायत सामग्री बितरण गरिरहेको गु्रपका संयोजक बिक्रम गुरुङले बताउनुभयो ।

उहाँले कोरोना सङ्क्रमण महामारीको मारमा परेका विपन्न, अपाङ्ता भएका, वृद्धवृद्धा र रोजगारी गुमाएका परिवारलाई भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले खाद्यान्न सामग्री पु¥याउन ‘फुड बैंक’ स्थापना गरिएको बताउनुभयो । संयोजक गुरुङले भन्नुभयो, “स्वदेश तथा विदेशमा रहनु भएका शुभचिन्तक दाताहरुबाट सहयोग जुटाउने कार्य थालेका छौ ।” बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले मङ्गलबार उक्त बैंकको उद्घाटन गर्दै युवाको समूहले राम्रो कामको शुरुवात गरेको र यो पुण्य कार्यमा गाउँपालिकाले पनि हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सो गाउँपालिका वडा नं १ का अध्यक्ष भानुभक्त पोखरेलले यस्तो सकारात्मक कार्यलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

यो पनि हेर्नुहोस:

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology