• Tuesday 28th of July 2026

भारतका केन्द्रीय मन्त्री नितिन गड्करीलाई कोरोना सङ्क्रमण


  • गोकर्णेश्वर अनलाइन

नयाँदिल्ली, १ असोज (रासस-एएनआई) : भारतका केन्द्रीय यातायात मन्त्री नितिन गड्करीलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ । उहाँले आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको सामाजिक सञ्जालबाट जानकारी दिनुभएको छ । उहाँले पछिल्लो समयमा आफ्नो सम्पर्कमा आएकाहरुलाई तत्काल स्वास्थ्य परीक्षण गर्न र सतर्कता अपनाउन पनि आह्वान गर्नुभएको छ ।

“मैले हिजो कमजोर महसुस गरेँ, अनि मैले चिकित्सकसँग परामर्श गरेँ, अनि कोरोना परीक्षण गर्दा कोरोनाभाइरसबाट सङ्क्रमित भएको नतिजा आयो,” उहाँले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ । उहाँले थप लेख्नुभएको छ, “भगवानको कृपा र तपाईहरु सबैको सुभेच्छाले मलाई अहिले धेरै निको भइसकेको छ, म अहिले आराम महसुस गरिरहेको छु ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology