• Sunday 2nd of August 2026

बिओपी राख्न पाँच कट्ठा जग्गा दान


  • गोकर्णेश्वर अनलाइन

महाकाली नगरपालिका–१० का खडकबहादुर बस्नेतले सशस्त्र प्रहरीलाई पाँच कट्ठा जग्गा दान गर्नुभएको छ । उहाँले सुन्दरनगर र गुरुङ टोल बीचमा रहेको पाँच कट्ठा जग्गा प्रहरीलाई बोर्डर आउट पोष्ट राख्न दान गर्नुभएको हो । सशस्त्र प्रहरीको आग्रहअनुसार सीमा सुरक्षामा सहयोग पुगाउन जग्गा दान गरिएको उहाँले बताउनुभयो । “सशस्त्र प्रहरी यहाँ सीमा सुरक्षाका लागि आएको छ । उहाँहरुलाई सहयोग गर्न हामी सबैको दायित्व हो”, समाजसेवी बस्नेतले भन्नुभयो, “सशस्त्रलाई भवन लगायतका संरचना बनाउन सहज होस् भनेर जग्गा सहयोग गरेका छौँ ।”

उहाँले महाकाली नगरपालिकाप्रमुख वीरबहादुर सुनार, नगर प्रवक्ता दिलबहादुर सिजाली, महाकाली–१० का अध्यक्ष नरबहादुर सुनार लगायतको रोहवरमा जग्गाको मञ्जुरिनामा दिनुभएको हो । दोधारा चाँदनी क्षेत्रमा बस्दै आएको बस्नेत परिवारले यसअघि पनि महाकाली– १० कै हरिओम आधारभूत विद्यालयलाई चार कट्ठा जग्गा दान गर्नुभएको थियो । सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीलाई जग्गा सहयोग गर्न बस्नेत परिवारसहित दोधारा चाँदनीका सबै बासिन्दाका लागि गर्वको विषय भएको नगर प्रमुख सुनारले जानकारी दिनुभयो ।

यो पनि हेर्नुहोस: 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology