• Monday 3rd of August 2026

गुल्मीको हस्तिचौरमा पहिरोः एक जनाको शव भेटियो


  • गोकर्णेश्वर अनलाइन

गुल्मीको इस्मा गाउँपालिका– २ हस्तिचौरको रातचौर, स्यालामा गए राति गएको पहिरोमा पुरिएका एक जनाको शव भेटिएको छ । पहिरोमा पुरिएर बेपत्ता भएका ३८ वर्षीय प्रेमबहादुर कुमालको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

पहिरोमा स्थानीयवासी पाँच वर्षीय सफल कुमाल हराइरहेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उनको खोजी गरिरहेको बताइएको छ । बाटोमा हिँड्दै गरेको अवस्थामा माथिबाट खसेको पहिरोले उनीहरुलाई पुरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिनुभयो ।

यो पनि हेर्नुहोस:

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology