• Monday 3rd of August 2026

विपन्न परिवारलाई खाद्यन्न सहयोग


  • गोकर्णेश्वर अनलाइन

एकचालीसौँ सामाजिक सेवा दिवस विविध कार्यक्रम आयोजना गरी आज यहाँ पनि मनाइयो । दिवसको यसवर्षको नारा ‘सामाजिक सेवा राष्ट्रको गौरव, आजको प्राथमिकता ःसमृद्धि र सुखका लागि समाजिक रुपान्तरण र उद्यमशीलता’ भन्ने रहेको छ । यसै अवसरमा प्रगतिशिल युवा समाजले जयपृथ्वी नगरपालिका( ११ का ५ विपन्न घरपरिवारलाई तीन किलो दाल,३० केजी चामल , दुई किलो नुन, दुई लिटर तेल , दुई केजी चिनी र हातधुने साबुन वितरण गरेको हो । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख खडक खड्काले मानवीय भावनाले सामाजिक सेवा गर्नुपर्नेमा जोड दिनुभयो ।

जयपृथ्वी– ११ का मेनुका रजकले विपन्न समुदायलाई राज्यले सहयोग गर्नुपर्छ भन्नुभयो । समाज र वल्र्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा कोरोनाका कारण समस्यामा परेका केदारस्युँ गाउँपालिकाका वडा नं ३ , ६, ७ र ८ का ६ सय ६८ घरपरिवार र जयपृथ्वी नगरपालिकाका वडा नं १ , ६, ८, १० र ११ का ८ सय ५४ अति जोखिम बालबालिका र परिवारलाई खाद्यन्न सहयोग गरेका थिए । ती दुई संस्थाले ती दुई स्थानीय निकायमा विद्युत सेवाका लागि सोलार सेट समेत वितरण गरेको जनाएका छन् ।

यो पनि हेर्नुहोस:

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology