• Saturday 25th of July 2026

डिप्लोमा इन अटोमोबाइल इन्जिीनयरिङ अध्ययन गर्न आह्वान


  • गोकर्णेश्वर अनलाइन

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशनले पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयले डिप्लोमा इन अटोमोबाइल इन्जिीनयरिङको पढाइ शुरु गर्न लागेकामा खुसी प्रकट गर्दै अध्ययनका लागि आग्रह गरेको छ । एशोसिएशनका अध्यक्ष चन्द्रबहादुर कुँवरले एक विज्ञप्तिमार्फत महानगरले दक्षजनशक्ति उत्पादन गर्न अध्ययनलाई प्राथमिकता दिनु निकै सकारात्मक भएको जनाउँदै शिक्षालयबाट उत्पादन हुने अटो मोबाइल इन्जिनीयरबाट यस क्षेत्रमा खड्किएको दक्षजनशक्तिको मागलाई पूरा गर्ने विश्वास लिएको छ । “पोखरा महानगरको यो कार्यमा पश्चिमाञ्चल अटो मोबाइल डिलर्स एशोसिएशनले सदैव सहकार्य गर्ने छ” विज्ञप्तिमा भनिएको छ, “एईई उत्तीर्ण विद्यार्थीलाई अटोमोबाइल इन्जिनियरिङ अध्ययन गरी भविष्य सुरक्षित गर्न आह्वान गर्दछौं ।”

यसैबीच पोखरा वडा नं २१ र ३३ वडा कार्यालयले आफ्नो वडामा बस्ने दुई जनालाई छात्रवृत्ति उपलब्ध गराउने भएका छन् । वडा न १५ ले पनि वडामा बसोवास गर्ने शिक्षालयमा अध्ययन गर्न चाहनेमध्येबाट एक जनालाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । शिक्षालयमा अध्ययन गर्न यही असोज १५ गतेसम्म फारम भर्न सकिने महानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ । वडा नं २९ भण्डारढिकमा रहेको गण्डकी बहुप्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनीयरिङ र डिप्लोमा इन सिभिल इन्जिनीयरिङको पढाइ यसै वर्षदेखि शुरु हुन लागेको हो ।

यो पनि हेर्नुहोस:

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology