• Tuesday 28th of July 2026

विहारको निर्वाचन तीन चरणमा हुने


  • गोकर्णेश्वर अनलाइन

१० असोज (रासस÷पिटिआई) : भारतको विहार राज्यमा विधान सभा सदस्य चयनका लागि तीन चरणमा मतदान गराइने भएको छ । मतदान आगामी अक्टोबर २८, नोभेम्बर ३ र नोभेम्बर ७ तारिखका दिन गर्ने तय भएको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसबाट सृजित महामारी चलिरहेकै बेला हुन लागेको भारतको यो सवैभन्दा ठूलो निर्वाचन मानिएको छ ।तीनै चरणका निर्वाचनको मतगणना भने नोभेम्बर १० तारिखका दिन गर्ने तालिका बनाएको निर्वाचन आयोगले शुक्रबार जानकारी दिएको छ । अहिले घोषणा गरिएको निर्वाचनबाट भारतको विहार राज्य सभाका लागि २४३ जना सदस्य निर्वाचित हुनेछन् ।निर्वाचन आयोगका प्रमुख आयुक्त सुनिल अरोराले मतदानको दिन विहान ७ बजेदेखि मतदान शुरु गरिने जानकारी दिनुभयो ।

कोरोनाबाट र विद्रोही समूहहरुबाट बढी प्रभावित क्षेत्रहरुमा भने केही समय थपघट गर्न सकिने पनि उहाँले स्पष्ट पार्नुभयो । कोरोनाभाइरसको महामारीले विश्वका धेरै देशलाई प्रभावित पारेको र धेरै देशका निर्वाचन हुन नसकिरहेका बेलामा बिहारमा निर्वाचन हुन लागेको हो । विहारमा गर्न लागिएको निर्वाचनका लागि कोरोनाभाइरस फैलिन नदिनका लागि विषेश स्वास्थ्य सतर्कतासहितको मापदण्डहरु तय गरिएको आयोगले जनाएको छ । पहिलो चरण अन्तर्गत अक्टोबर २८ तारिखका दिन हुने मतदानमा ७१ पदका लागि निर्वाचन हुनेछ भने नोभेम्बर ३ तारिखका दिन हुने दोस्रो चरणको निर्वाचनबाट ९४ जना निर्वाचित हुनेछन् ।

त्यसैगरी नोभेम्बर ७ तारिखका दिन हुने मतदानबाट अरु ७८ जना विधान सभा सदस्यहरु चयन हुनेछन् । आयोगका अनुसार निर्वाचनका लागि सात लाख सेनिटाइजर, ४६ लाख मास्क, छ लाख पिपिइ, छ लाख ७० हजार अनुहार ढाक्ने र २३ लाख जोडी हाते पञ्जाको व्यवस्था गरिएको छ । यी सामग्रीहरुको प्रयोग बाहेक सामाजिक दुरी कामय गर्ने, भिडभाड गर्न नहुनेलगायतका नियमलाई पनि कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरिएको छ ।

यो पनि हेर्नुहोस: 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology