• Monday 3rd of August 2026

कोरोनाबाट क्याम्पस प्रमुखको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

बबई बहुमुखी क्याम्पस बर्दियाका प्रमुख विनोद अग्रवालको कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित ५२ वर्षीय उहाँको चार दिनअघि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उहाँ होमआइसोलेशनमै बस्दै आउनुभएको थियो । आज श्वासप्रश्वासमा समस्या भएपछि उपचारार्थ नेपालगञ्जस्थित भेरी अस्पताल लैजाने क्रममा उहाँको निधन भएको भेरी अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रमोद धितालले जानकारी दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठले शव व्यवस्थापनको लागि आवश्यक समन्वय भइरहेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology