• Monday 3rd of August 2026

वरिष्ठ नेता पौडेलद्वारा दुःख व्यक्त


  • गोकर्णेश्वर अनलाइन

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले किसान नेता गौरवराज रेग्मीको निधनप्रति दुःख व्यक्त गर्दै तनहुँले प्रखर समाजवादी नेता गुमाएको बताउनुभएको छ ।

आज शोक वक्तव्य प्रकाशित गर्दै उहाँले भन्नुभयो, “हिजोका कठोर दिनमा कत्ति पनि विचलित नभई अनवरत रुपमा समाज रूपान्तरणमा लाग्नु भएका रेग्मीको निधनले स्तब्ध तुल्याएको छ ।” म्याग्दे गाउँपालिका–७ निवासी रेग्मी नेपाल किसान सङ्घका जिल्ला सभापति र नेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष हुनुहुन्थ्यो । उहाँको आज निधन भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology