• Saturday 25th of July 2026

सुनको मूल्य ४०० ले घट्यो


  • गोकर्णेश्वर अनलाइन

नेपाली बजारमा आज पहेंलो धातु सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार प्रतितोला रु ९४ हजार ५०० मा कारोबार भएको छापावाला सुन आज प्रतितोला रु ९४ हजार १०० मा कारोबार भएको छ । आइतबारको तुलनामा छापावाला सुन रु ४०० ले घटेको हो । यस्तै तेजाबी सुन आइतबारको तुलनामा रु ४०० ले ओरालो लागेको छ । आइतबार प्रतितोला रु ९४ हजारमा कारोबार भएको तेजाबी सुन आज भने प्रतितोला रु ९३ हजार ६०० मा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला रु एक हजार रु एक हजार १८० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा नै कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा समेत सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology