• Monday 3rd of August 2026

न्यायिक समितिका सम्पूर्ण सेवा बन्द


  • गोकर्णेश्वर अनलाइन

बूढानीलकण्ठ नगरपालिकामा न्यायिक समितिका सम्पूर्ण काम बन्द गरिएको छ । नगरपालिकाले सूचना जारी गर्दै कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द गर्ने निर्णय भएकाले समितिबाट इजलास सुनुवाइ हुने सबै सेवा आगामी कात्तिक २५ गतेसम्म बन्द हुने जनाएको छ । पछिल्लो समय नगरपालिकामा सङ्क्रमणको दर बढ्दै गएको छ । नगरप्रमुख, कर्मचारी तथा स्वास्थ्यकर्मीसमेत सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology