• Monday 3rd of August 2026

बुडर –जोरायल – गड्सेरा कालोपत्रे आरम्भ


  • गोकर्णेश्वर अनलाइन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बुडर– जोरायल हुँदै गड्सेरा जोड्ने सडक कालोपत्रे गर्ने कार्यको आज उद्घाटन गर्नुभएको छ । सुदूरपश्चिम प्रदेश सरकारको कुल रु ७० करोड लगानीमा बुडरदेखि जोरायलको चनकट्टेसम्म १७.३० किमी सडक कालोपत्रेका लागि आजदेखि काम शुरु भएको हो ।
सो अवसरमा मुख्यमन्त्री भट्टले बुडर, जोरायल, गड्सेरा हुँदै दिपायल जोड्ने यो सडक निर्माण सम्पन्न भए यहाँका कृषिदेखि अन्य विकासका कामले गति लिने तथा नागरिकलाई घरैमा कमाउने आधार निर्माण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका विकासनिर्माणका ठूला कामहरु तोकिएकै समयमै सम्पन्न गर्न निर्देशन दिएका छौँ, समयमै काम नसक्नेलाई कारवाही हुन्छ ।”

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री पठानसिंह बोहराले पछिल्लो समय सुदूरपश्चिमका गाउँगाउँमा विकासनिर्माणले गति लिन थालेको बताउनुभयो । सुदूरपश्चिम प्रदेशसभा सदस्य पूर्णा जोशीले नागरिकको आवश्यकता बिजुली, सडक र विद्यालय जस्ता विकासका योजना अघि सार्नुपर्ने बताउनुभयो । जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बुडर– जोरायल– गड्सेरा सडकको काम चाँडो सम्पन्न भए यहाँका नागरिकले आफूले फलाएका तरकारीदेखि अन्य अन्नपात सुगम क्षेत्रका ठाउँ तथा बजारसम्म सहजै पु¥याउन सक्ने बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology