• Monday 3rd of August 2026

रामेछापमा आन्तरिक राजस्व कार्यालयको शाखा


  • गोकर्णेश्वर अनलाइन

जिल्ला सदरमुकाम मन्थलीमा आन्तरिक राजस्व कार्यालयको शाखा सञ्चालन भएपछि यसअघि काभ्रेको धुलिखेलबाट सेवा लिनपर्ने रामेछापवासीको बाध्यता हटेको छ । जिल्लामा शाखा कार्यालय सञ्चालन भएपछि करिब पाँच हजार ७०० करदातालाई १०० किलोमिटरको यात्रा गरेर आन्तरिक राजस्व कार्यालय धुलिखेल जानु नपर्ने भएको छ ।

करदाता सेवा कार्यालय रामेछापका प्रमुख तुलसीराम पन्थलीका अनुसार जिल्लाबाट सेवा शुरु भएसँगै करदाता सङ्ख्या थपिने र साना व्यवसायी पनि करको दायरामा आउने हुँदा अर्काे वर्ष करदाता हजार नाघ्ने आनुमान गरिएको छ ।

उद्योग वाणिज्य सङ्घ रामेछापका अध्यक्ष केशव घिमिरेले राजस्व तिर्नका लागि रामेछाप उद्योग वाणिज्यको तर्फबाट सबै खाले सहयोग हुने बताउनुभयो । “पहिला पनि राजस्व तिर्नका लागि आवश्यक सहयोग गरेकै थियौँ, अब पनि सबै व्यवसायीलाई करको दायरामा ल्याउन सहयोग गर्छौँ”, उहाँले भन्नुभयो ।

मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले कर तिर्नका लागि धुलिखेल जानुपर्ने बाध्यता हटेको बताउनुभयो । “कार्यालय अब नागरिकको हित हुनेगरी सधैँ सेवामा समर्पित हुनुपर्छ”, उहाँले भन्नुभयो । राजस्व कार्यालय सञ्चालनाम आएसँगै व्यक्तिगत पान, व्यवसायिक पान, भ्याट, रजिष्टे«शन गर्ने, व्यवसाय दर्ता, खारेज, करचुक्ता प्रमाणपत्र प्रदान गर्ने, कर विवरण, आय विवरण, अन्तःशुल्क, विवरण बुझाउनेलगायतका सेवा लिन जिल्ला बाहिर जानु पर्दैन ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology