• Wednesday 9th of September 2026

विद्यालयलाई बैंकको बिनाधितो कर्जा


  • गोकर्णेश्वर अनलाइन

शुक्लाफाँटा नगरपालिका– १० झलारी बजारस्थित नेपाल बैंक लिमिटेडको शाखा कार्यालयले विद्यालय र सङ्घसंस्थाका कर्मचारीलाई बिनाधितो कर्जा प्रवाह कार्यक्रम सञ्चालन गरेको छ ।

बैंकले रु पाँच लाखदेखि रु १५ लाखसम्म विद्यालय र सङ्घसंस्थाका कर्मचारीलाई बिनाधितो कर्जा प्रवाह गर्ने जनाएको छ । कार्यक्रमअनुसार कर्जा प्रवाह गर्दा मासिक वा त्रैमासिकरुपमा रकम भुक्तानी गर्ने व्यवस्था मिलाएको बैंकको शाखाका प्रबन्धक बाबुराम खरेलले बताउनुभयो ।

कर्जा माग्ने कर्मचारी तीन वर्षको स्थायी हुनुपर्ने र सेवानिवृत्त हुन पाँच वर्षको अवधि बाँकी भएमा कर्जा प्रवाह गर्न सकिनेछ शाखा प्रबन्धक खरेलले भन्नुभयो, “स्थायी कर्मचारीको चार वर्षको तलब स्केलअनुसार बैंकले न्यूनतम ब्याजदरमा कर्जा लगानी गर्नेछ ।”

बिनाधितो कर्जाका लागि शुक्लाफाँटा नगरपालिका– ७ स्थित धर्मजनता माध्यमिक विद्यालयसँग बैंकले सम्झौतासमेत गरेको छ । विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई कर्जा प्रवाहका लागि बैंकले सम्झौता गरेको हो । बैंकले हाल सुन कर्जा, पेन्सन बुझ्ने खाता, राजस्व बुझाउने सुविधा, सञ्चय कोष, नागरिक लगानी कोषमा रकम जम्मा गर्न सकिने सुविधा, डिमेट सुविधा, निःशुल्क मोबाइल बैंकिङ सुविधा, निःशुल्क एटिएम कार्डलगायतका सेवा ग्राहकलाई दिँदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology