• Monday 3rd of August 2026

दक्षिण ललितपुरका चार हजारले बुझे राहत


  • गोकर्णेश्वर अनलाइन

कोरोना महामारीले दिनानुदिन उत्पन्न गरेको भयाभह अवस्थामा दक्षिण ललितपुरका चार हजार बढीले राहत लिएका छन् । ताइवानका बौद्ध धर्मावलम्बीको संस्था चु ची फाउण्डेशनले भौगोलिक विकटताका साथै कोभिड महामारीले आर्थिक अवस्था सङ्कटमा परेर गरिबीका साथै भोकसँग सामना गर्न बाध्य वाग्मती, महाँकाल र कोञ्ज्योसोमका चार हजार ४५९ जनालाई खाद्यान्न सहयोग गरेको हो ।

संस्थाले महामारीका साथै प्राकृतिक प्रकोप खेप्न बाध्य विश्वभरका जनतालाई सहयोग गर्दै आएको पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणाले बताउनुभयो । उहाँले भन्नुभयो, “यस संस्थालाई आग्रह गरेर हामीले यी तीन गाउँपालिकाका मानिसलाई महामारीका साथै नजिकै आइरहेको विजयादशमीका बेला प्रत्येक परिवारलाई २५ किलोको एक बोरा जिरा मसिनो चामल, १० किलो पिठो, तीन किलो दाल, दुई किलो चना, दुई लिटर तेल, साबुन र नुन वितरण ग¥यौँ ।”

तीनै गाउँपालिकाका प्रमुखको उपस्थितिमा कोञ्ज्योसोम वडा नं १ चौघरेका ४२० घरधुरी, महाँकालका छवटै वडाका दुई हजार ५२९ घरधुरी र वाग्मतीको वडा नं १ घुसेल, वडा नं २ माल्टा र वडा नं ६ आश्राङका एक हजार ५१० घरधुरीलाई राहत वितरण गरिएको संस्थाका स्वयंसेवक ऋषिदेव फुँयालले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology