• Saturday 25th of July 2026

नेप्सेमा साढे आठ अङ्कले वृद्धि


  • गोकर्णेश्वर अनलाइन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि साढे आठ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ८.५४ ले वृद्धि भई एक हजार ६०६.२५ मा पुगेको छ । नेप्सेमा लगातार भएको वृद्धिले आज पुनः नयाँ उचाई तय गरेको हो । केही दिन पहिले पनि नेप्से एक हजार ६०० को बिन्दुमा पुगेको थियो । यस्तै सेन्सेटिभ परिसूचक १.९१ ले वृद्धि भई ३१८.५६ मा पुगेको छ । कूल १८७ कम्पनीको ६४ लाख ५७ हजार ८३३ कित्ता शेयर रु एक अर्ब ९९ करोड ४५ लाख ४३ हजार ९१९ मा पुगेको छ ।

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूह मध्ये चार उपसमूहको शेयर ओरालो लाग्दा आठ उपसमूहको शेयर भने उकालो लागेको छ । होटल १४.०४, जलविद्युत् ६.४३, जीवन बीमा १०.१ र सामूहिक लगानी कोष ०.०६ ले ओरालो लागेको छ । यस्तै बैंकिङ १२.१, व्यापार ९.३३, विकास बैंक १.७१, वित्त ५.३८, निर्जीबन बीमा ३८.५२, उत्पादन २९.४८, अन्य ५.२७ र लघुवित्त ०.८१ ले वृद्धि भएको छ ।

कारोबारका आधारमा आज कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १४ करोड १५ लाख ४५ हजार २३७ बराबरको कारोबार भयो । यस्तै, एनआइसि एशिया बैंक रु नौ करोड ८५ लाख ६९ हजार ८३५, अपि पावर कम्पनी रु आठ करोड ८२ लाख ७१ हजार १५५, प्राइम बैंक रु सात करोड ९७ लाख ६३ हजार ५८५, नेपाल बैंक रु सात करोड ८० लाख ९४ हजार ७८८ र ग्लोबल आइएमइ बैंक रु सात करोड ५५ लाख ८८ हजार ६१५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यस्तै, जनरल इन्स्योरेन्स ९.८९, नेपाल फाइनान्स ९.८६, अपि पावर कम्पनी ४.१९, सेञ्चुरी बैंक ३.७२, प्राइम बैंक ३.०६ र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ३.०५ प्रतिशतले कमाए ।

त्यस्तै, माउण्टेन हाइड्रो ३.६१, रैराङ हाइड्रोपावर ३, नेपाल हाइड्रो डेभलपर २.७३, पञ्चकन्या माई हाइड्रोपावर २.७०, सप्तकोशी डेभलपमेन्ट बैंक २.४४, राधी विद्युत् कम्पनीका लगानीकर्ताले २.४२ प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology