• Wednesday 29th of July 2026

अमेरिकी चुनावः नयाँ जनमत सर्वेक्षणमा बाइडेनलाई अग्रता


  • गोकर्णेश्वर अनलाइन

वासिङ्टन, १३ कात्तिक (रासस–एएनआई) –– अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार रहनु भएका पूर्व उपराष्ट्रपति जो बाइडेनले पछिल्लो जनमत सर्वेक्षणमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १२ प्रतिशतले अग्रता बनाउनु भएको देखिएको छ ।

बुधबार सार्वजनिक भएको पछिल्लो राष्ट्रव्यापी मतसर्वेक्षणमा बाइडेनले ५४ प्रतिशत र राष्ट्रपति ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गर्नु हुनेछ । पछिल्ला राष्ट्रपति निर्वाचनहरुमा भन्दा यसपटक सबैभन्दा बढी मतान्तर देखिएको छ ।

सन् २०१६ को राष्ट्रपति निर्वाचनमा ट्रम्पसँग पराजित हिलारी क्लिन्टनले प्राप्त गरेको मतभन्दा अहिले बाइडेनले धेरै मत प्राप्त गर्नुहुनेछ, र दुबै उम्मेदवारबीचको मतान्तर अझ बढ्दै गएको छ ।
गत वर्षदेखि नै सिएनएनले गरेका हरेक मतसर्वेक्षणमा बाइडेनले नै अग्रता बनाइरहनु भएको छ ।

विगतमा रिपब्लीकन पार्टीतर्फ झुकाव राख्ने कैयौं मतदाताले यसपटक बाइडेनलाई समर्थन गर्न थालेको पनि सर्वेक्षणमा उल्लेख छ । महिला मतदातामध्ये बाइडेनलाई मतदान गर्नेको संख्या ६७ र ट्रम्पलाई मतदान गर्ने ३७ प्रतिशत रहेका छन् भने गैर–अश्वेत मतदाताबीच पनि ७१–२४ प्रतिशतको मतान्तर छ ।

राष्ट्रपति ट्रम्पलाई स्वीकारोक्ती दर ४२ प्रतिशत छ भने ५५ प्रतिशतले उहाँका कार्यशैलीलाई रुचाएका छैनन् ।

अमेरिकामा यही नोभेम्बर ३ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology