• Wednesday 29th of July 2026

मध्य भियतनाममा पहिरो जाँदा कम्तीमा १६ जनाको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

मध्य भियतनामको क्वाङनाम प्रान्तमा बिहीबार पहिरो जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको भियतनामको राज्य सञ्चालित समाचार संस्थाले समाचारमा जनाएको छ ।

नाम ट्रा जिल्लाको ट्रा भ्यान र ट्रा लेङ गाउँमा पहिरो जाँदा उनीहरूको मृत्यु भएको हो ।

पहिरोमा परी दर्जनौँ व्यक्तिहरू हराएको प्रारम्भिक रिपोर्टमा जनाइएको भएपनि तर केही व्यक्ति भागेर सुरक्षितस्थलमा बसेको भेटिएको उद्धारकर्मीले जनाएका छन् ।

वेपत्ता रहेका भनिएका केही मानिसको खोजी कार्य जारी रहेको छ ।

प्रधानमन्त्री नुयेन सुवान फुकले उद्धारकार्यलाई थप प्रभाबकारी बनाउन निर्देशन दिनुभएको छ ।

विशाल आँधी मोलावीका कारण मध्य क्षेत्रमा मुसलधारे वर्षा र हुरीपछि आएको बाढीपछि उक्त क्षेत्रमा पहिरो गएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology