• Monday 3rd of August 2026

राष्ट्रिय सङ्गीतकर्मी सङ्घ कास्कीमा जिम्मेवारी हेरफेर


  • गोकर्णेश्वर अनलाइन

राष्ट्रिय सङ्गीतकर्मी सङ्घ नेपाल जिल्ला शाखा कास्कीको प्रथम वार्षिक साधारणसभाले विभिन्न पदमा जिम्मेवारी हेरफेर गरेको छ । साधारणसभाले सङ्घको उपाध्यक्षमा सागर कार्की, सहसचिवमा राजन सुवेदी र सहकोषाध्यक्षमा रिजन बस्ताकोटीलाई चयन गरेको छ । त्यस्तै सङ्गठन विभाग प्रमुखमा ईश्वरराज भण्डारी, अतिरिक्त क्रियाकलाप तथा सांस्कृतिक विभाग प्रमुखमा प्रकाश सापकोटा र प्रचारप्रसार एवं सङ्घसंस्था समन्वय प्रमुखमा ऋषिराम बाँस्तोला (बाबुराम) लाई चयन गरेको सङ्घले जनाएको छ ।

साधारणसभामा राष्ट्रिय सङ्गीतकर्मी सङ्घ नेपालका केन्द्रीय सदस्य सन्तोष अधिकारीले कलाकारको पेशागत हकहितका लागि क्रियाशील बन्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ गण्डकी प्रदेशका महासचिव कृष्णप्रसाद गौतम, कास्की जिल्ला सल्लाहकार कृष्ण रानाभाट, स्याङ्जा जिल्ला अध्यक्ष पूर्ण वाग्ले, वरिष्ठ उपाध्यक्ष कपिल श्रेष्ठ, सदस्य सागर कार्कीलगायतले सङ्गीतकर्मीको एकताबद्ध प्रयासले सङ्गीतका क्षेत्रको संस्थागत विकास सम्भव हुने धारणा राख्नुभयो ।

कास्की जिल्ला अध्यक्ष ऋषिराम दाहालद्वारा प्रस्तुत सङ्घको आर्थिक एवं साङ्ठनिक प्रगति तथा भावी योजनालाई साधारणसभाले सर्वसम्मत पारित गरेको छ । त्यस्तै आगामी शनिबार पोखराको चिप्लेढुङ्गास्थित मानवअधिकार चोकमा आकस्मिक रक्तदान कार्यक्रम गर्न प्रकाश सापकोटाको संयोजकत्वमा ईश्वरराज भण्डारी, कपिल श्रेष्ठ, सपना सुनार, रिजन बस्ताकोटी सदस्य रहनुभएको समिति गठन गरेको प्रचारप्रसार विभाग प्रमुख ऋषिराम बाँस्तोलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology