• Monday 3rd of August 2026

भारतीय जङ्गलमा महिलाको शव फेला


  • गोकर्णेश्वर अनलाइन

कञ्चनपुरको पुनर्बास नगरपालिका नजीक भारतको दूधुवा नेशनल पार्कको रानीवनमा एक नेपाली महिलाको शव फेला परेको छ । मृतकसित भेटिएको कागजातका आधारमा उनी ५५ वर्षीया नुरदेवी कठायत हुन् ।
“महिलाको परिवारसित सम्पर्क हुन सकेको छैन”, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कैलाश विष्टले भन्नुभयो, “ शवसंँगै भारतीय प्रहरीले भेटेको कागजातअनुसार मृतक साविक गाविस–३ की महिला हुन् ।” शव भारतको पलियामा राखिएको र सोबारे भारतीय प्रहरीसित थप समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology