• Wednesday 29th of July 2026

युएईका प्रधानमन्त्रीले कोभिड–१९ को खोप लिए


  • गोकर्णेश्वर अनलाइन

अबुधाबी, १८ कात्तिक (रासस–एएनआई) –– युनाइटेड अरब इमिरेट्स (युएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले मंगलबार कोभिड–१९ को खोप लिनु भएको छ ।

प्रधानमन्त्री शेख मोहम्मदले स्वास्थ्यकर्मीबाट खोप लिँदै गरेको तस्वीर ट्वीटर मार्फत सार्वजनिक गर्नु भएको थियो ।

उहाँले ट्वीटरमा युएईका प्रत्येक व्यक्तिको स्वास्थ्यलाई ध्यानमा राखेर कोभिड–१९ विरुद्धको खोप सबै नागरिकलाई उपलब्ध गराइने बताउनु भएको छ ।

केही साताभित्रै युएईका कतिपय मन्त्रीहरुले पनि खोप लिइसकेका छन् ।

युएइले कोभिड–१९ का बिरामीको परिस्थिति बिचार गरी आपतकालीन प्रयोगका रुपमा खोप दिन थालेको जनाएको छ ।

तर कुन देश वा कम्पनीको खोप लगाइएको हो भन्ने स्पष्ट गरिएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology