• Sunday 2nd of August 2026

रेडियोको वार्षिकोत्सवमा मानव सेवाघरलाई सहयोग


  • गोकर्णेश्वर अनलाइन

रेडियो एबिसीले आफ्नो वार्षिकोत्सवका अवसरमा धुलिखेलस्थित मानवकल्याण समाज सेवाघरलाई सहयोग गरेको छ । रेडियो एबिसी एफएम ८९.८ मेगाहर्जको १४औँ वार्षिकोत्सवका अवसरमा सेवाघरलाई खाद्य सामग्री हस्तान्तरण गरिएको हो ।

सेवाघरलाई खाद्य सामग्रीसँगै प्रेसरकुकर, पानी तताउने इलेक्ट्रिक जगसमेत वितरण गरिएको रेडियोका स्टेशन म्यानेजर रमेश न्यौपानेले बताउनुभयो । संस्थाका अध्यक्ष सुमित्रा चौलागाईँले अपाङ्गता भएका, असहाय, मनोरोगी र ज्येष्ठ नागरिकको सेवा गर्न पाउँदा मनभित्रैबाट आनन्द भएको बताउनुभयो । सेवाघरले भक्तपुर र काभ्रेपलाञ्चोकमा गरी २०० जनाको उद्धार गरी ७५ जनालाई परिवारमा बुझाएको र २१ जनाको मृत्यु भएको जनाइएको छ । हाल सेवाघर धुलिखेलमा ज्येष्ठ नागरिकसहित १४ जना छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology