• Sunday 2nd of August 2026

निर्वाचनलाई ध्यानमा राखी रक्सौल नाका बन्द


  • गोकर्णेश्वर अनलाइन

सीमावर्ती भारतको रक्सौल विधानसभाअन्तर्गतको तेस्रो चरणको निर्वाचन शनिबार हुने भएकाले त्यस अगावै २४ घण्टा नेपाल भारत सीमानाका बन्द गरिने भएको छ ।
कोरोना संक्रमणका कारण नेपालतर्फ चैतदेखि नै नाका बन्द रहे पनि अन्य नाकाबाट भारत छिर्नेहरुलाई समेत कडाइ गरिएको रक्सौलका थाना प्रबाही अभय कुमारले जानकारी दिनुभयो । चुनावलाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा पारिएको छ । भारतको बैरगनियादेखि बगहा,वाल्मीकि नगरसम्म रहेको नेपाल भारतको सीमा बन्द गरिसकिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology