• Wednesday 29th of July 2026

मेक्सिकोमा एक दिनमा ६ हजार ७१९ जना कोरोना भाइरस सङ्क्रमित थपिए


  • गोकर्णेश्वर अनलाइन

७ मङ्सिर (रासस ÷सिन्ह्वा) : मेक्सिको शनिबारमा एकैमा दिनमा ६ हजार ७१९ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । यसैसँग मेक्सिकोमा कोरोना भाइरस कुल सङ्क्रमितको संख्या १० लाख ३२ हजार ६८८ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा मेक्सिकोमा कोरोना भाइरस सङ्क्रमणको कारण ५५० व्यक्तिको मृत्यु भएको छ । हालसम्म मेक्सिकोमा कोरोना भाइरसको कारण १ लाख १ हजार ३३७ व्यक्तिको मृत्यु भईसकेको छ ।
शनिबारसम्म ७ लाख ७४ हजार ९३० व्यक्ति कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology