• Sunday 2nd of August 2026

माडीमा बिओपी स्थापित


  • गोकर्णेश्वर अनलाइन

माडी नगरपालिकामा छैटौँ बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । माडी –६ कल्याणपुरमा छैटौँ पोष्ट स्थापना गरिएको हो । यसअघि माडीका बाँदरझुला, कान्छिवगाई, छरछरे, गर्दी र वाल्मिकी आश्रममा पोष्ट स्थापना गरी सकिएको छ ।
सरकारले नेपाल र छिमेकी देशका सिमानामा ११४ बिओपी स्थापना गर्ने निर्णय गरेसँगै जिल्लामा यस वर्ष तीन पोष्ट थप गरिएको सशस्त्र प्रहरी बल नम्बर १७ गण चितवनका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दीपककुमार थापाले जानकारी दिनुभयो ।

यहाँ सशस्त्र प्रहरी निरीक्षकका नेतृत्वमा ३५ जनाको टोली सीमा रक्षाका लागि बस्ने उहाँले जानकारी दिनुभयो । जिल्लामा पर्ने ८८ किलोमिटर सिमानामध्ये सबै माडी नगरपालिकामा पर्छ । अहिले स्थापना भएका छ पोष्टका लागि प्रतिपोष्ट १४ दशमलब पाँच किलोमिटर क्षेत्रफल रक्षाका लागि पर्ने थापाको भनाइ छ ।

पोष्टको सशस्त्र प्रहरी बल ३ नम्बर बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठले बिहीबार उद्घाटन गर्दै सिमानाको रक्षाका लागि प्रभावकारीरुपमा काम गर्न आफूहरु लागिपरेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology