• Sunday 2nd of August 2026

कात्तिक नाच संरक्षण समितिलाई रकम सहयोग


  • गोकर्णेश्वर अनलाइन

ललितपुर महानगरपालिका वडा नं १६ ले कात्तिक नाच संरक्षण समितिलाई रकम सहयोग गरेको छ । अक्षयकोष स्थापनाका लागि सो वडाले शुक्रबार राति समितिका सम्बन्धित व्यक्तिलाई रु १० लाखको चेक हस्तान्तरण गरेको थियो ।

सो नाच संरक्षणका लागि गत वर्ष अक्षयकोष स्थापना गर्ने हल्ला भएपछि यस वर्ष वडाध्यक्ष निर्मलरत्न शाक्यले रु १० लाखको चेक हस्तान्तरण गर्नुभएको समितिका अध्यक्ष किरण चित्रकारले बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पनि अक्षयकोष खडा गर्न रु ५० लाख सहयोग गर्ने घोषणा गरिसक्नुभयो, यसैगरी पर्यटनमन्त्री योगेशकुमार भट्टराइले कोष खडा गर्न दिने भन्नुभएको रु १० लाख लिन हाम्रो उहाँसँग भेट भइसकेको छैन ।”

हरेक वर्ष कात्तिक शुक्लपक्ष द्वादशी तिथिमा मनाइँदै आएको कात्तिक नाचअन्तर्गतको बराह नृत्य शुक्रबार राति सम्पन्न भयो । विष्णुपुराणमा आधारित कथाअनुसार गत वर्ष १२ दिन प्रदर्शन गरिएको कात्तिक नृत्य यस वर्ष भने दुई दिन मात्र आयोजना गर्ने लक्ष्यअनुरुप बराह र नसृह अवतार देखाइँदै छ । विसं १६९७ पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ यस नाच चलाएका थिए । सो नाच विश्वकै सबैभन्दा लामो भएको जिकिर गरिएको छ ।

कात्तिक नाट्य महोत्सवले जनतालाई एउटै सुत्रमा बाँधेर धार्मिक, नैतिक र सामाजिक ज्ञानसमेत प्रदान गरिरहेको छ । कात्तिक नाच प्रथमपटक पाँच तथा सिद्धिनरसिंह मल्लका छोरा राजा श्रीनिवासका पालादेखि ‘बाथःप्याखँ’ अर्थात ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर १५ दिन सञ्चालन गरिएको पाटनवासी बताउँछन् ।

यसैगरी श्रीनिवासका छोरा योगनरेन्द्र मल्लले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीलालाई थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरेका जनाइएको छ । मुलुकको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवद्र्धन गर्ने हेतुले विसं २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्को दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको समितिले जनाएको छ ।

सिद्धिनरसिंहका नाति योगनरेन्द्रका पालामा कात्तिकभरि सञ्चालन गरेको सो नाचमा १७ विधाका कथा वा नृत्य प्रदर्शन गरिन्थ्यो । कोरोना महामारी आउनुअघि मूलुककै लामो नाच हेर्न स्वदेशीका साथै विदेशी मुलुकका थुप्रै मानिससमेत पाटन आउथे । यस वर्ष भने इच्छुक जनताले आ–आफ्नो घरबाट नृत्यको आनन्द लिएका छन् ।

आज राति नृसिंह अवतार नृत्य मञ्चन हुँदै

हरेक वर्ष कात्तिक शुक्लपक्ष त्रयोदशी तिथिमा मनाइँदै आएको कात्तिक नाचअन्तर्गतको नृसिंह अवतार नृत्य आज राति मञ्चन हुँदैछ । गत वर्ष १२ दिन प्रदर्शन गरिएको नृत्य यस वर्ष भने विश्वव्यापी कोरोना महामारीका कारण हिजो बराह र आज नृसिंह दुई दिन मात्र प्रदर्शन गर्न लागिएको हो ।

महामारी अझै मुलुकमा रहिरहँदा आज राति नृसिंह नाट्य महोत्सव आयोजना गरेर विष्णु पुराणमा आधारित कथाअनुसार हिरण्यकश्यपु दानवको बध गरिने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्याय माथि न्यायको सन्देश छर्ने ध्येयका साथ विष्णुका परमभक्त प्रहदका पिता हिरण्यकश्यपुको अत्याचार बढ्दै गएपछि उसले पाएको वरदान स्वरुप विष्णुले विपरीत रुप धारण गरेर नृसिंह अवतार लिई लोककल्याण गर्ने काम नाट्यकलामार्फत देखाइनेछ । हिरण्यकश्यपु दैत्य विष्णु भगवानको पटकपटक द्रोह गर्ने परमशत्रु पनि थियो ।”

नाच संरक्षणका लागि यसवर्ष वडा नं १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले शुक्रबार रु १० लाख सहयोग गरेर अक्षयकोष स्थापना गर्ने कामको थालनी गराउनुभयो । विसं १६९७ पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ यस नाच चलाएका थिए । सो नाच विश्वकै सबैभन्दा लामो भएको बताइएको छ । कात्तिक नाच प्रथम पटक पाँच तथा सिद्धिनरसिंह मल्लका छोरा राजा श्रीनिवासका पालादेखि ‘बाथःप्याखँ’ अर्थात ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर १५ दिन सञ्चालन गरिएको पाटनवासी बताउँछन् ।

यसैगरी श्रीनिवासका छोरा योगनरेन्द्र मल्लले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीला लाई थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरेका जनाइएको छ । मुलुकको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले विसं २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्को दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको समितिले जनाएको छ । सिद्धिनरसिंहका नाति योगनरेन्द्रका पालामा कात्तिकभरि सञ्चालन गरेको सो नाचमा १७ विधाका कथा वा नृत्य प्रदर्शन गरिन्थ्यो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology