• Wednesday 29th of July 2026

जापानमा ५.१ म्याग्निच्युडको भूकम्प


  • गोकर्णेश्वर अनलाइन

५ पुस (रासस÷सिन्ह्वा) : जापानको कत्सुउरा बाट २४४ किलोमिटर दक्षिणपूर्वमा पर्ने इलाकामा ५.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ ।
यस भूकम्पको केन्द्रविन्दु आपपास कै इलाकामा १९.५ किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

यस भूकम्पबाट भएको धनजनको क्षतिको बारेमा भने केही बताइएको छैन । भूकम्पपछि उद्धार अधिकारीले उद्धारको काम गरिरहेका बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology