• Saturday 1st of August 2026

लोकदोहोरी प्रतिष्ठानको २०औँ वार्षिक साधारणसभा


  • गोकर्णेश्वर अनलाइन

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले प्रतिष्ठानको भवन बनाउनका लागि जग्गा खरिद र भवन निर्माणका लागि आर्थिक सहयोग गर्दै आइरहेको बताउनुभयो । “प्रतिष्ठानको भवन टोखा निर्माण हुनुलाई हामीले गर्वको महसुस गरेका छौँ” , उहाँले भन्नुभयो, “अब वडा नं ७ को भित्री पक्की सडकबाट प्रतिष्ठानको केन्द्रीय कार्यालयसम्म जाने कच्ची सडक पक्की गर्ने कार्यलाई अघि बढाउँछौँ ।”

उहाँले रवीन्द्र अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा रकम उपलब्ध गराएकाले भवन निर्माणको कार्यले पूर्णता पाएको बताउनुभयो । वडा नं ७ का अध्यक्ष नरोत्तम रानाले प्रतिष्ठानको भवनको माथिल्लो तल्ला निर्माणका लागि रु दश लाख सहयोग गरिसकेको भन्दै आगामी दिनमा पनि सोही भवनसँगै जोडिएको जग्गा खरिदको प्रक्रिया अघि बढेकाले रु पाँच लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “कलाकारको आगमनले यस वडा सङ्गीतमय भएको छ, आवश्यक सहयोगका लागि ७ नम्बर वडा पछि हट्दैन ।”

कार्यक्रममा स्व कलाकार लोकबहादुर क्षेत्रीको सम्झनामा नगद राशिसहित स्मृति पुरस्कार कलाकार रामप्रसाद घिमिरे र सारङ्गी वादक कृष्णबहादुर गन्धर्वलाई प्रदान गरिएको गरिएको छ भने पत्रकारिता पुरस्कार सीताराम बडाल, संरक्षक तथा अभिभावक पुरस्कार पृथ्वी थकालीलाई प्रदान गरिएको छ । उत्कृष्ट पुरस्कार प्राप्त गर्नेमा गायिका देवी घर्तीमगर र मोडल पिएन सापकोटा रहनुभएको छ । जिल्लाबाट उत्कृष्ट सम्मान रुपन्देहीले पाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology