• Thursday 30th of July 2026

अफगान सेनाको कारबाहीमा सात आइएस आतङ्ककारी मारिए


  • गोकर्णेश्वर अनलाइन

३ फागुन (रासस÷सिन्ह्वा) : अफगान सरकारी सुरक्षाबलले अफगानिस्तानको पूर्वी प्रान्त नाार्गाहारमा जारी राखेको बिशेष सुरक्षा कारबाहीका क्रममा इस्लामिक स्टेट्स् (आइएस) आतङ्ककारी समूहका सात जना लडाकू मारिएका प्रान्तीय सरकारद्धारा सोमबार जारी विज्ञप्तिमा जनाएको छ ।

प्रान्तीय राजधानी जलालाबाद शहरको, बाहिरी इलाकामा रहेको घोच्को क्षेत्रमा आइएस आतङ्ककारी लुकेर बसेको आखाडालक्षित भएको सुरक्षा कारबाहीमा एक आत्मघाती बम आक्रमणकारीलगायत आइएसका सात लडाकू मारिएका समाचारमा जनाइएको छ ।

यस कारबाहीको क्रममा सुरक्षा अधिकारीहरुले चार ओटा आत्मघाती भेस्ट, तीन ओटा एके–४७ राइफल र विस्फोटक पदार्थ र हाते ग्रेनेडसमेत कब्जा लिएको जनाइएको छ ।

नान्गार्हार प्रान्तको यस भागमा सक्रिय रहेका आइएस लडाकू समूहले भने कारबाहीका बारेमा केही बताएका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology