• Thursday 30th of July 2026

अमेरिका विश्वको नेतृत्व गर्न फर्किएको छ अमेरिकी विदेशमन्त्री ब्लिंकेन


  • गोकर्णेश्वर अनलाइन

८ फागुन (रासस ÷एएफपी) : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिका पूर्ववत स्थितिमा फर्किएको बताउनु भएको छ । महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वाकाङ्क्षाजस्ता मुद्दा सुल्झाउन सघाउनका लागि पूर्ण रूपमा संलग्न रहेको उहाँले बताउनु भएको हो ।

बीबीसी समाचार समितले दिनु भएको आफ्नु पहिलो अन्तर्राष्ट्रिय अन्तर्वार्तामा ब्लिंकेनले कोभिड–१९ विरूद्धको विश्वव्यापी खोप कार्यक्रममा जोड दिनु भएको बताइएको छ । सो अन्तर्वार्ताको क्रममा कोरोनाभाइरसको उत्पत्तिको विषय खोजको लागि पारदर्शिताको अभाव देखाएको भन्दै चीनको समेत आलोचना गर्नु भएको समाचारमा जनाइएको छ ।
अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन आउनु भएपछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कैयौ निर्णयलाई उल्टाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology