• Friday 31st of July 2026

मुसिकोटमा चट्याङ लागेर एकको मृत्यु, आठ घाइते


  • गोकर्णेश्वर अनलाइन

मुसिकोट नगरपालिकामा चट्याङ लागेर एकको ज्यान गएको छ भने अन्य आठजना घाइते भएका छन् । ज्यान जानेमा मुसिकोट नगरपालिका–४ दजाकोट निवासी १८ वर्षीया करिश्मा गाहा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङले लागेर घाइतेहरुलाई अस्पताल ल्याउने क्रममा गाहाको ज्यान गएको हो ।

आज बिहान ५ः३० बजे घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ पर्दा सोही ठाउँका ४२ वर्षीया जुनी गाहा, १८ वर्षीया मेलिना गाहा, आठ वर्षीया जेनित गाहा, ३८ वर्षीय तुलबहादुर गाहा, ६० वर्षीय उजुर सिंह गाहा, ५५ वर्षीया फटिकला गाहा, ३२ वर्षीय चित्रबहादुर गाहा र २८ वर्षीया ज्योति गाहा घाइते भएको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो । घाइतेमध्ये चार जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ भने अन्य चार जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अनुहारलगायत शरीरमा चोट लागेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology