• Friday 31st of July 2026

कञ्चनरुप नगरपालिका सिल


  • गोकर्णेश्वर अनलाइन

कञ्चनरुप नगरपालिकामा कोभिड–१९ को सङ्क्रमण समुदायमा फैलिएको जनाउँदै सिल गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले नगरपालिकाका सबै वडा सिल गरी मानिसको आवतजावत नियन्त्रण समेत गरिएको छ ।

नगरपालिकाले अत्यावश्यक सेवा बाहेक अन्य सेवा अगामी जेठ ६ गतेसम्म बन्द हुने जनाएको छ । । कोरोना सङ्क्रममण दर तीब्र फैलिएकाले सबै वडा सिल गर्ने निर्णय गरिएको नगर प्रमुख बसन्त मिश्रले जानकारी दिनुभयो । नगरपालिकामा बिहीबार मात्र तीन जना सङक्रमितको मृत्यु भएको थियो । योसँगै मृतकको सङ्ख्या पाँच पुगेको छ ।

गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा बिहीबार कञ्चनरूप नगरपालिकाका ४८ को पिसिआर परीक्षण गरिएकामा ३७ सङ्क्रमित पाइएको अस्पतालले जनाएको छ । नगरपालिकामा मात्र १ सय २० जना सक्रिय सङ्क्रमित पुगेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology