सुदर्शन बजगाई,आशाका किरण समाचार-काठमाडौं। काठमाडौंको कालोपुलमा रहेको जेभियर इन्टरनेशनल कलेजले वर्ल्ड लिडर समिट अवार्ड जितेको छ । शैक्षिक क्षेत्रमा पुर्याएको अतुलनिय योगदान र विश्व वजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गरेकाले जेभियर इन्टरनेशनल कलेजलाई सो अवार्ड प्रदान गरिएको हो । निरन्तरको शैक्षिक गुणस्तर र उत्कृष्ट पुर्वाधार सहितको युग सुहाउँदो शिक्षा प्रदान गरेकोले कलेज सम्मानित भएको जेभियर इन्टरनेशनल कलेज कालोपुलका सिईओ लोक बहादुर भण्डारीले बताए। इन्टरनेशनल सेन्टर फर एक्सिलेन्स इन एजुकेसन र स्पेस(सोसाइटी फर पेर्पेचुएसन अफ आर्ट,कल्चर एन्ड एजुकेसन ) नामक संस्थाले विश्वभरीबाट जेभियर इन्टरनेशनल कलेजलाई गुणस्तरीय शिक्षा प्रदान गरेकोले सो सम्मान प्रदान गरेको जेभियर कलेजले जनाएको छ । जेभियर इन्टरनेशनल कलेज कालोपुल यस अघिपनी विभिन्न अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको थियो ।
