• Thursday 30th of July 2026

पृथ्वी राजमार्ग भासियोः सवारी एकतर्फी


  • गोकर्णेश्वर अनलाइन

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ३ फिस्लिङमा सडक भासिएको छ । लगातारको वर्षासँगै आज बिहान सडक भासिएपछि अहिले सवारी साधन एकतर्फी मात्र सञ्चालनमा आएको छ ।
केही महीनाअघि मात्रै कालोपत्र थपिएको सो सडकमा लगातारको वर्षाका कारण छेउ भासिएको हो । काठमाडौँ भित्रिने मुख्य राजमार्ग नै भासिएपछि एकतर्फी मात्र सञ्चालन हुँदा सवारी साधन जाम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology