• Tuesday 28th of July 2026

अमेरिकामा ८.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प


  • गोकर्णेश्वर अनलाइन

१४ साउन (रासस÷एएनआई) : अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले बिहीबार जनाएको छ ।

स्थानीय समयानुसार दिउँसो २.१५ बजे सो भूकम्प गएकोे बताइएको छ । सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भूकम्पको केन्द्रविन्दु आपपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology