• Tuesday 28th of July 2026

लेबनानको अवस्थाबारे संयुक्त राष्ट्रसङ्घको चिन्ता


  • गोकर्णेश्वर अनलाइन

लेबनानमा पछिल्लो समयमा मानवीय अवस्था निकै कमजोर हुँदै गएकोतर्फ संयुक्त राष्ट्रसङ्घ चिन्तित रहेको राष्ट्रसङ्घले जानकारी दिएको छ ।

त्यहाँ पछिल्लो समयमा आर्थिक अवस्था कमजोर हुँदैगएको, कोभिडको बढ्दो सङ्क्रमणका साथै अरु कारणले मानवीय अवस्था निकै कमजोर हुँदै गएकोतर्फ ध्यानाकर्षण भएको बताएको छ ।

गत वर्षअघि लेबनानको राजधानी बेरुतमा रहेको एक बन्दरगाहमा भएको विस्फोटपछि देशको अवस्था निकै कमजोर भएको बताइएको छ ।

त्यसैगरी यहाँ पछिल्लो समयमा कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण पनि अवस्था निकै गम्भीर हुँदै गएको पनि त्यहाँबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घले यहाँको आर्थिक तथा स्वास्थ्यसम्बन्धी अवस्था निकै नै कमजोर भएको अवस्थामा राजनीतिक सङ्कट पनि गहिरिँदै गएको र यहाँका विपक्षी दलले निरन्तर प्रदर्शन गर्ने गरेकोले कोभिड–१९ को महामारी बढ्दै गएको पनि बताएको छ ।

यहाँ पछिल्लो समयमा आर्थिक अवस्था बिग्रिँदै गएको र खाद्यान्नको मूल्य पनि कम्तीमा पनि ४०० प्रतिशतका दरले बढ्दै गएकोतर्फ सबैको ध्यान पुग्नुपर्ने संयुक्त राष्ट्रसङ्घले बताएको छ ।

निरन्तरको राजनीतिक अस्थिरता, गत वर्ष भएको बन्दरगाहको विस्फोटपछि भएको ठूलो क्षतिका साथै महामारीको बढ्दो क्रमका कारण यहाँको अवस्था निकै नै दयनीय हुँदै गएकोले यसका लागि विश्वको ध्यान जानुपर्नेमा संयुक्त राष्ट्रसङ्घले एक विज्ञप्ति प्रकाशन गरेर आग्रह गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology