• Thursday 30th of July 2026

कैद र ५० लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ


  • गोकर्णेश्वर अनलाइन

बैंकिङ कसुर मुद्दामा रु ५० लाख जरिवाना र १५ दिन कैद सजाय तोकिएका एक व्यक्तिलाई प्रहरीले काठमाडौँको चन्द्रागिरिबाट पक्राउ गरेको छ ।

अर्घाखाँची घर भई हाल काठमाडौँको चन्द्रागिरि नगरपालिका–६ बस्ने ३५ वर्षीय काशीराम भुसाललाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले जनाएको छ ।

मौज्दात रकम नभएको आफ्नो खाताबाट पीडितलाई चेक दिएको घटनामा उच्च अदालत पाटनले बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी १५ दिन कैद र रु ५० लाख जरिवाना हुने फैसला सुनाएको थियो । त्यसपछि फरार रहेका भुसाललाई फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि ब्यूरोबाट परिचालित टोलीले आज पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदालतमा पेश गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology