• Wednesday 29th of July 2026

बाघको आक्रमणमा एकको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

बाँके राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी एक भारतीय नागरिकको मृत्यु भएको छ । बाँकेको राप्ती सोनारी गाउँँपालिका–१ गाभरगाउँको पूर्वपश्चिम राजमार्गको निकुञ्जभित्र पर्ने जङ्गल क्षेत्रमा बाघले आज बिहान करिब ८ बजेतिर आक्रमण गर्दा ५५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुने भारतीय पुरुष नाम थर खुल्न नसेकको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बताउनुभयो । परीक्षणका लागि बाँके राष्ट्रिय निकुञ्जमा शव लगिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology