• Monday 27th of July 2026

याङरीमा सहकारीमा पुनः निर्मल बन्जारा


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,आशाका किरण समाचार । याङरीमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा निर्मल बन्जारा निर्बाचित भएका छन । हिजो शनिबार नयांबस्तिको ड्रीम होम पार्टि प्यालेसमा भएको तेह्रौं बार्षिक साधारणसभाबाट उहां निर्बाचित हुनु भएको हो । करिब १९ करोडको बार्षिक कारोबार रहेको सो सहकारी संस्था जोरपाटीको अग्रणी सहकारी संस्था मानिन्छ ।अ धिकांस शेयर सदस्यहरु सिन्धुपाल्चोक जिल्ला पांचपोखरी ,हेलम्बु र मेलम्चि नगरपालिकाका बासिन्दाहरु रहेका छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडका संचालक एबम जिल्ला सहकारी संघ काठमाडौका अध्यक्ष ज्ञान बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो साधारणसभाबाट ७ सदस्यीय संचालक समिति र ३ सदस्यीय लेखा सुपरिबेक्षण समिति समेत चयन भएको हो । उक्त साधारणसभाको बिशेष अतिथिहरुमा संस्थाका पुर्ब अध्यक्षहरु जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङ र पांचपोखरी थाङपाल गाउंपालिकाका अध्यक्ष टासी लामा रहनु भएको थियो ।

पुर्ब मन्त्री एबम सिन्धुपाल्चोक संघीय सांसद माननीय शेर बहादुर तामाङका स्वकीय सचिब समेत रहेका बन्जारा लामो समयदेखि सहकारी अभियानमा संलग्न रहेका छन ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology