• Monday 27th of July 2026

सुन प्रतितोला रु एक सयले बढ्यो, कतिमा हुदैँछ कारोबार ?


  • गोकर्णेश्वर अनलाइन

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु १०० ले बढेर रु ९० हजार ७०० कायम भएको छ । छापावाल सुन गत हप्ताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला रु ९० हजार ६०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार २५० मा कारोबार हुनेछ जुन शुक्रबार प्रतितोला रु ९० हजार १५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य शुक्रबारको तुलनामा रु पाँचले बढेको छ । चाँदी शुक्रबार प्रतितोला रु एक हजार १७० मा कारोबार भएको थियो भने आजको कारोबार मूल्य प्रतितोला रु एक हजार १७५ तोकिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology