• Monday 27th of July 2026

मध्यभोटेकोसीको शेयर नपरेको पैसा फिर्ता


  • गोकर्णेश्वर अनलाइन

मध्यभोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई निष्काशन गरेको प्राथमिक शेयरको बाँडफाँटमा आंशिक परेका तथा नपरेकाको शेयरबापतको रकम बैंक खातामा रकमान्तर गरेको छ ।

बाँडफाँटमा आंशिक परेको तथा नपरेकाको शेयरबापतको रकम आवेदकले उल्लेख गरेको बैंक खाता हुबहु मिलेको हदसम्म रकम रकमान्तर गरेको कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
त्यस्तै बिक्री प्रबन्धक र सह–निष्काशन तथा बिक्री प्रबन्धकमार्फत आवेदन दिई बैंक खाता नम्बर उल्लेख नगरेका तथा बैंक विवरण नमिलेका आवेदकको बाँडफाँटमा नपरेका शेयरबापतका रकम स्थानान्तरण गर्न समस्या परेको भन्दै आवेदकलाई आफ्नो बैंक खातामा पैसा फिर्ता भए नभएको यकिन गरी सम्पर्क गर्न अनुरोध गरेको छ ।

क्यापिटलले बैंक खाता उल्लेख नगरेका तथा खाता नम्बर फरक परेका आवेदककोे नामावली रकम रकमान्तर हुन नसकेकोे कारण सहितका क्यापिटलको वेबसाइटमा राखिएको र आवेदकले उक्त विवरण हेरी फिर्ता गर्नुपर्ने बैंकको नाम र खाता नम्बरसहित कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

कम्पनीले गत वैशाख २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ६० लाख कित्ता साधारण शेयरको बिक्री खुल्ला गरेको थियो । त्यसमा एक लाख भन्दा बढी योग्य आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १९० कित्तासम्म शेयर पाएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology