• Monday 27th of July 2026

चीनले एक महिनाभित्र कोरोना नियन्त्रण गर्नसक्छः महामारी विशेषज्ञ


  • गोकर्णेश्वर अनलाइन

चीनका वरिष्ठ महामारी विशेषज्ञ झोङ नानसानले चीनले एक महिनाभित्रै कोभिड–१९ को पछिल्लो सङ्क्रमणलाई प्रभावकारीरूपमा नियन्त्रण गर्न सक्ने बताएका छन् ।

देशका विभिन्न भागमा छिटपुट स मामिला रिपोर्ट गरिएकाले शनिबार चिकित्सको वेबिनारमा बोल्दै महामारी विशेषज्ञ झोङ उक्त टिप्पणी गरेका हुन् ।

कोरोनाभाइरस र महामारीलाई छोटो अवधिमा उन्मूलन गर्न सकिँदैन, झोङले अन्य देशलाई कोभिड–१९ विरुद्ध कडा र प्राथमिकताका उपायहरू अपनाउन र सक्रिय रूपमा खोप लगाउन आह्वान गरेका छन्।

झोङले यस वर्षको अन्त्यसम्ममा ८० प्रतिशतभन्दा बढी चिनियाँ बासिन्दालाई पूर्णरूपमा खोप लगाइसकिनेमा आफू आशावादी रहेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology