• Monday 27th of July 2026

नयाँ दिल्ली र उत्तरप्रदेशमा जिका भाइरसको सङ्क्रमण बढेपछि सतर्कता


  • गोकर्णेश्वर अनलाइन

२१ कात्तिक (रासस÷सिन्ह्वा) : भारतको राजधानी नयाँ दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि यहाँ सतर्कता अपनाइएको अधिकारीहरुले जनाएका छन् । भारतका स्वास्थ्य अधिकारीहरुले यहाँ केही समयअघिदेखि जिका भाइरसका किटाणुहरु बढ्दो अवस्थामा देखिएको बताएका छन् ।
उनीहरुका अनुसार शनिबार मात्र उत्तर प्रदेशमा ४३ जनामा यो भाइरस देखिएको थियो । उत्तर प्रदेश राज्यमा पछिल्लो समयमा यो भाइरसको प्रकोप देखिएको बताइएको छ ।

उत्तर प्रदेश राज्यका सरकारी स्वास्थ्य अधिकारीहरुले गएको दुई हप्तामा यहाँ ७९ जनामा यो भाइरस देखिएको छ । दिल्लीका उपमुख्यमन्त्री मनिस सिसोडियाले नयाँ दिल्लीमा पनि पो भाइरसको संक्रमण बढ्दो देखिएको र यसका लागि सरकारले निकै सतर्कता अपनाएको बताउनुभयो ।
उहाँले यहाँका सबै सरकारी अस्पतालहरुमा यो भाइरसका सङ्क्रमितको उपचारको व्यवस्था गरिएको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology