• Saturday 25th of July 2026

जेभियर इन्टरनेशनल कलेज कालोपुललाई श्रीलंकामा उत्कृष्ट कलेजको अवार्ड


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,आशाका किरण समाचार ।कालोपुलमा रहेको जेभियर इन्टरनेशनल कलेज – दक्षिण एसियाली उत्कृष्टता पुरस्कार २०२१ को विजेता बनेको छ । डिसेम्बर १० मा कोलम्बोमा भएको भब्य समारोहमा
जेभियर इन्टरनेशनल कलेजले दुई विधामा साउथ एशियन बिजनेस एक्सिलेन्स अवार्ड २०२१ जितेको छ । सर्वश्रेष्ठ ई-लर्निङ अभ्यास पुरस्कार र महामारीको समयमा CSR अभ्यासहरूको उत्कृष्ट प्रयोगका लागि जेभियरलाई सो सम्मान प्रदान गरिएको हो । श्रीलंकाका महामहिम पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेनाले डिसेम्बर १०, २०२१ मा ताज समुद्र होटल, कोलम्बो, श्रीलंकामा सो पुरस्कार प्रदान गर्नुभएको थियो । जेभियर कलेजले विभिन्न अन्तरास्ट्रिय अवार्ड प्राप्त गरिसकेको छ । यो पुरस्कार उत्कृष्टताको निरन्तरता भएको र आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्न थप हौसला मिलेको जेभियर इन्टरनेशनल कलेज कालोपुलका सिइओ लोक बहादुर भण्डारीले आशाका किरण मिडियालाई बताए ।

No description available.

No description available.

No description available.

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology