• Monday 27th of July 2026

रु २०० ले घट्यो सुनको मूल्य


  • गोकर्णेश्वर अनलाइन

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर रु ९३ हजार १०० मा आएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ६०० कायम भएको छ जसको मूल्य बिहीबार प्रतितोला रु ९२ हजार ८०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार २६०मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१० डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology